काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवासमा निधन भएको हो ।
लमजुङको पुस्तन गाउँमा विं सं. १९७६ असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उनको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।