लकडाउन खुल्यो, सिनेमा हल खोल्न नपाइने


काठमाडौं। चैत ११ गतेदेखि जारी लकडाउनको अन्त्य भएको छ। मन्त्रिपरिषद् बैठकले साउन ६ गते मंगलबार मध्यरातदेखि लागु हुनेगरी लकडाउन अन्त्य गरेको घोषणा गरेको हो।

यसअघि लकडाउन खुकुलो बनाउँदै जिल्लाभित्र निजी सवारीमा जोरविजोर प्रणाली लागु गरेको थियो। अब भने जोरविजोर प्रणाली हटेको छ। सरकारले साउन १५ गतेदेखि होटल, रेष्टुरेण्ट खोल्ने निर्णय गरेको छ। भदौ १ गदेबाट आन्तरिक एवम् बाह्य व्यवसायिक उडान सुरु गर्ने निर्णय गरेको छ। भदौ १ गतेदेखि मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ। लकडाउन खुलेपनि केही क्षेत्रमा प्रतिबन्द कायमै राखिएको छ।

जसमध्येको एक हो, सिनेमा क्षेत्र। सरकारले सिनेमा हल संचालनबारे कुनै निर्णय गरेको छैन्। सिनेमा हल लकडाउन अघिदेखि नै बन्द छन्। थुप्रै सिनेमाको प्रदर्शन रोकिएको छ। थुप्रैको छायांकन रोकिएको छ। सिनेमा क्षेत्रमा आवद्ध सयौं बेरोजगार भएका छन्।

हरेक क्षेत्र क्रमश खुलाउने निर्णय गरेसंगै सिनेमा क्षेत्र खुलाउनेबारे पनि निर्णय गर्नुपर्ने सिनेकर्मीहरुको माग छ।

Copyright © 2012 - 2026 | All Right Reserved.