ऐश्वर्या र आराध्यामा पनि देखियो कोरोना संक्रमण


काठमाडौं। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

शनिवार अमिताभ बच्चन र अभिषेक बच्चनमा कोरोना संक्रमण देखिएपछि पूरै बच्चन परिवारको परीक्षण गरिएको थियो। त्यसक्रममा पहिलो पटक गरिएको परीक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो।

तर, दोश्रो पटक गरिएको परीक्षणमा ऐश्वर्या र आराध्यामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ।

एजेन्सीको सहयोगमा

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.