सेलेब्रिटी नेपाल असोज ३०-नेपाली चलचित्र को लिस्ट मा अर्को एउटा चलचित्र उमा थपिने कुरा को जानकारी सोमबार एक कार्यक्रम का बीच गराइयो निर्देशक छिरिङ रितार शेर्पाको अब बन्न लागेको चलचित्र को नाम हो उमा ।मिला प्रोडक्सन प्रा.लि..को प्रस्तुति रहेको सिनेमा उमा मा ऋचा शर्मा लिड रोल मा देखिने छिन् । ऋचा बाहेक सौगात मल्ल, दयाहाङ राई, निर्देशक तुलसी घिमिरे, अशोक शर्मा पनि सिनेमामा मेन रोलमा प्रस्तुत हुनेछन् । यस सिनेमामा अशोक शर्मा डिएसपीको भूमिकामा देखिने छन् भने तुलसी घिमिरे सिनेमा भित्र पनि निर्देशककै रुपमा प्रस्तुत हुँदै छन् ।निर्देशक छिरिङ स्वयम् र मुख्य सहायक निर्देशक छिरिङ छोदेनको कथामा निर्माण हुन लागेको उमा मा पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी रहनेछ । सिनेमामा स्वर्गीय गोपाल योञ्जनको गीत समेत राखिने भएको छ । त्यस्तै अभय एण्ड स्टिम इन्जिन व्यान्डको संगीत पनि सिनेमामा राखिने भएको छ । चलचित्र को सुटिंग दशैं लगत्तै सुरु गरिने कुरा को जानकारी पनि उक्त कार्यक्रम मा गराइयो।
सम्बधित पोस्टहरु
वेब सिरिज ‘तथास्तु’ रिलिज
सेलिब्रेटी नेपाल। नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ स्वाद र मौलिक कथावस्तुसहित वेब सिरिज ‘तथास्तु’ सार्वजनिक भएको छ। के.बी डिजिटल युट्युब च्यानल मार्फत उक्त सिरिजको ट्रेलर र पहिलो एपिसोड सार्वजनिक गरिएको छ । गाउँले परिवेश...
‘कबड्डी ५’ लाई प्रदर्शनको तीन दिनमै क्युएफएक्सले दियो सुपरहिटको ट्याग
सेलिब्रेटी नेपाल। रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’लाई देशकै ठूलो मल्टिप्लेक्स सिनेमा हल क्युएफएक्स सिनेमाजले सुपरहिटको ट्याग दिएको छ । क्युएफएक्सले प्रदर्शनको तेस्रो दिन अर्थात् आज...
अस्ट्रेलियाको संसद् भवनमा नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै
अस्ट्रेलिया। अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ आगामी अक्टोबर २६, २०२६ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संसद् भवनको थिएटरमा विशेष प्रदर्शन हुने भएको छ। अभिनाशविक्रम शाहको निर्देशनमा तयार...
क्यान्सरलाई जितेकी अभिनेत्री क्षितिजा शाक्य अब सचेतना अभियानमा
सेलिब्रेटी नेपाल। नेपाली चलचित्र क्षेत्रमा अभिनयमार्फत आफ्नो पहिचान बनाएकी अभिनेत्री क्षितिजा शाक्य क्यान्सरलाई जितेपछि अहिले क्यान्सरविरुद्धको सचेतना अभियानमा सक्रिय हुने भएकी छन्। चलचित्र ‘घामछायाँ’, ‘नातेदार’ र ‘फोर्स’ लगायतका...
बलिउड फिल्म ‘उडता तीर’ नेपालमा प्रदर्शन गर्न प्रतिबन्ध
एजेन्सी । आयुष्मान खुराना र सारा अली खानको नयाँ फिल्म ‘उडता तीर’ प्रदर्शनका लागि तयार भएको छ। यतिबेला यी कलाकार फिल्मको प्रचारप्रसारमा व्यस्त छन् । तर यसैबीच ‘उडता तीर’ लाई नेपालले प्रतिबन्ध लगाईएको छ। नेपालको सेन्सर बोर्डले...
‘कबड्डी ५’ अग्रिम टिकट बुकिङ खुल्ला
सेलिब्रेटी नेपाल। यस वर्षको प्रतिक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यो सिनेमाले देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिासम्म उच्च शो पाउने देखिएको हो । हालसम्म सिनेमाले देशको ठुलो...





