कलाकार संघको भवनलाई बजेट,मौलिक चलचित्र निर्माणलाइ प्रोत्साहन गरिने


सेलिब्रेटी नेपाल

काठमाडौँ: सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपाल चलचित्र कलाकार संघको भवन निर्माणार्थ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ अनुमानित आयव्याय प्रस्तुत गर्दै नेपाली चलचित्र निर्माण गर्न प्रोत्साहन, कलाकार संघको भवन निर्माण, मौलिक चलचित्र निर्माण, देशैभर छायांकन स्थल लगायतका शीर्षकमा आवश्यक बजेट व्यवस्था गरेको घोषणा गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्षबाट नेपाली श्रमजीवी चलचित्रकर्मीहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने भएको छ । यसको आवश्यक काम शुरु भईसकेको सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट कार्यक्रममा जानकारी गराएका छन् ।चलचित्रकर्मीहरुको हकहित तथा सुरक्षाको व्यवस्था गर्दै उनीहरुलाई सामाजिक सुरक्षाको दायरामा समेटिने बजेट भाषणमा उल्लेख गरेको हो ।

त्यस्तै ‘छायांकनका लागि नेपाल’ अभियानको सुरुवात समायानुकुल वातावरणमा गरिने बताइएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले सरकारले बजेटमा कलाकार संघलाई समेटेकोमा खुसी व्यक्त गरे । ‘सरकारले हामी भवन बिहीन भएको महसुस गरेर बजेट विनियोजन गरेको छ । सरकार प्रति सम्पूर्ण नेपाली कलाकारहरू आभारी छौं’, खड्काले भने ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.