मिलनको अन्तररास्ट्रिय प्रोजेक्ट ‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: मिलन चाम्सको निर्देशनमा बन्न लागेको अन्तररास्ट्रिय प्रोजेक्ट ‘गोर्खा वारियर’को टेस्ट टिजर सार्वजनिक गरिएको छ। यो किसिमको टेस्ट टिजर हलिउड चलचित्रहरुले बनाउने गर्दथे यो टिजरमा समाबेश दृस्यहरु चलचित्रमा रहने छैन नेपाली चलचित्रमा पहिलो पटक गरिएको निर्देशक मिलन चाम्सले बताए । यदि कोही मर्न सँग डराउदिन भन्छ भने कि उ झुट बोल्दै छ कि त उ गोर्खाली (नेपाली) हो – फिल्ड “मार्शल शाम मानेस्का”को भनाइ समाबेश टिजर नव नायक रितेश चाम्सको स्क्रीन टेस्ट गर्नको लागि नेपालमा नै छायांकन गरिएको हो ।

वीर गोर्खालीको कथामा बन्ने चलचित्र ‘गोर्खा वारियर’ को केहि समय पश्चात छायांकन सुरु हुने चलचित्रमा कलाकारको रुपमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन फाइनल भएका छन् । हलिउड कलाकारको पनि अभिनय रहने चलचित्रबाट रितेश चाम्सले डेब्यु गर्नेछन् ।

५० प्रतिशत हलिउड प्राविधिक राखेर चलचित्र नेपाली र अंग्रेजी भाषामा तयार गरिनेछ । चलचित्रको लण्डनमा १० हजार दर्शकका साथ वर्ल्ड प्रिमियर गरिने निर्देशक मिलनले बताए ।

यूके, अफगानिस्तान र नेपालमा छायांकन हुने चलचित्रको एक अभिनेत्रीको खोजी भैरहेको निर्माण पक्षले बताएको छ । लण्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्र २०२१ मा विश्वभर प्रदर्शनमा ल्याइने तयारी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.