अनु र बिम्बकाे ‘आकाँक्षा’ सार्वजनिक(भिडियाे)


सेलिब्रेटी नेपाल

काठमाडौँ:अनु र बिम्बकाे नयाँ गीत ‘आकाँक्षा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शव्द तथा संगीत अपेक्षा गुरुङ्गकाे रहेकाे छ । गीतकाे एरेन्ज प्रदिप जाेशीले गरेका हुन्। एलिशा न्याैपानेकाे अभिनय रहेकाे गीतमा ब्याण्डका सबै सदस्यहरुकाे प्रस्तुति देख्न सकिन्छ।

शन्तु लामाकाे निर्देशनमा बनेकाे भिडियाेलाई रुमन लामाले सम्पादन गरेका हुन्।अनु शाक्य भाेईस अफ नेपाल सिजन १ कि टप १६ ट्यालेन्ट मध्य एक हुन्। उनले २०१७ मा “अनु र बिम्ब” ब्यान्ड स्थापना गरि साेहि ब्याण्ड मार्फत गीतहरु सार्वजनिक गर्ने गरेकी छिन्।

उनी ब्याण्डकाे लिड भाेकलिष्ट हुन् भने उनी सँगै लिड गिटारिष्टमा दिनेश नकर्मी , रिदम गिटारिष्टमा दिविन शाक्य, ड्रमरमा अशमी महर्जन र ब्यसिष्टमा प्रविन महर्जन रहेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.