सेलिब्रेटी नेपाल
काठमाडौँ:प्राविधिक संघको सहकार्यमा दीपक राज गिरीले सुरु गरेको राहत अभियानमा अभिनेता पल शाह पनि जोडिएका छन् । कोरोना भाइरस जोखिमको कारण सरकारले आगामि चैत्र २५ गतेसम्मलाई देश लकडाउन गरेको छ ।
लकडाउनले सम्पूर्ण क्षेत्रमा असर परेको छ । यस्तै दैनिक मजदुरी गरेर घर चलाउँदै आएका चलचित्र प्राविधिकहरुका लागि यस्तो अबस्थामा राहत आवश्यक रहेको भन्दै कलाकार तथा निर्मात दीपकराज गिरी र समूहले राहत वितरणका लागि अभियान शुरु गरेको हो ।
१ लाख १० हजारबाट शुरु गरेको यस अभियानमा निर्देशक तथा पत्रकार लक्ष्मण सुबेदी र अभिनेता पल शाह पनि जोडिएका छन् । पलले उक्त अभियानका लागि आफुले पाँच लाख रुपैयाँ सहयोग गर्ने बताईएको छ ।
राहत अभियानलाई दीपक राज गिरी र नेपाल चलचित्र प्राविधिक संघको सहकार्यमा खाध्यान्न खरिद गरि प्राविधिकहरुको घर घरमै राहत वितरण गरिने बताइएको छ । प्राविधिक संघले आकस्मिक कोष खडा गरि चलचित्रकर्मीहरुलाई सहयोगको लागि अनुरोध गरिएको छ ।