यो बर्षको अन्तिम भिडन्त हमेशा र नोटबुक


(सेलिब्रेटी नेपाल) २९ चैत्र -यो बर्षको  अन्तिम शुक्रबार दुइ नेपाली चलचित्र हमेशा र नोटबुक आपसमा भिड्दैछन् ।निर्माणको हिसाबले अब्बल मानिएका यी चलचित्रमध्ये हमेशा ७२ र नोटबुक ४० वटा सिनेमाघरमा लाग्दैछ । हमेशामा रेखा थापा र सविन श्रेष्ठ तथा नोटबुकमा जीवन लुइँटेल र निता ढुंगानाको मुख्य भुमिका छ ।हमेशाबाट नरेन खड्काले नायकको रुपमा डेब्यु गर्दैछन् भने नोटबुकबाट सेन सापकोटाले । दुबै चलचित्रको सांगितिक पक्ष राम्रो मानिएको छ । हमेशाका संगीतकार रेखा पौडेल हुन् भने नोटबुकमा बसन्त सापकोटाले संगीत दिएका छन् ।

चलचित्र हमेशामा रेखा फिल्मसका पुरानै निर्देशक सविर श्रेष्ठ दोहोरिएका छन् । नोटबुकका निर्देशक पनि प्रज्ञा फिल्मस्का एकल निर्देशक योगेश घिमिरे नै हुन् । बर्षको अन्त्यको यो भिडन्तमा कुन चलचित्रले बाजी मार्ने हो ?

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.