सविनको ‘ताकतवर’ ट्रेलर रिलिज


सेलिब्रेटी नेपाल

काठमाडौँ: सविन श्रेष्ठ अभिनित चलचित्र ‘ताकतवर’को ट्रेलर सार्बजनिक गरिएको छ । एक्सन लभस्टोरीचलचित्रको ट्रेलर राजधानीमा एक कार्यक्रमका बीच सार्बजनिक गरिएको हो । गजेन्द्र रञ्‍जित निर्देशित चलचित्रमा सविनसँगै धुर्व कोइराला, महिमा सिलवाल, शेखर सुवेदी, रिजा भुषाल लगायतका कलाकारको अभिनय छ । रामेश्वर हुमागाईंले खिचेको चलचित्रमा चन्द्र पन्तको द्वन्द्ध, सुर्य किरण लामाको संगीत र मित्र डि गुरुङको सम्पादन छ ।

सुनिल प्रकाश श्रेष्ठको लेखनमा निर्मित चलचित्रमा निर्देशक रञ्‍जितसँगै आरती शाहीको लगानी छ। चलचित्रका सह निर्मातामा नारायण कृष्ण महर्जन, सुनिल विष्ट (गौले) र बद्रि फुयाँल रहेका छन् । चलचित्रको प्रदर्शन मिति भने सार्बजनिक गरिएको छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.