सुमिना घिमिरेलाई बहिष्कार सम्म गरिने


(सेलिब्रेटी नेपाल)२१ चैत्र-नायिका सुमिना घिमिरेले पत्रकार विजय आवाज लाई प्रकाशित समाचारको बिषयलाइ लियर फोन मार्फत तल्लो स्तरको शब्दहरु प्रयोग गरि गाली गलौज तथा ज्यान मार्ने धम्कि समेत दिएको घटना प्रति चलचित्र पत्रकार संघ र नेपाल पत्रकार संघले घोर बिरोध गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ। चललित्रका हरेक गतिविधिका बारेमा आमजनतालाई सुसूचित गराउने पत्रकारलाई दिइएको ज्यान मार्ने धम्कीको संघले कडा शब्दमा निन्दा गर्दै अभिनेत्री घिमीरेले गल्ती स्वीकार गर्दै जिम्मेवार नागरीक र नेपाली चलचित्र क्षेत्रको अंगका रुपमा प्रस्तुत गर्दै आफूलाई नसच्याए संघले उनलाई बहिष्कारसम्म गर्न बाध्य हुने कुरा समेत प्रेस बिज्ञप्तिमा जनाएको छ।

चलचित्र पत्रकार संघ द्वारा जारी प्रेस बिज्ञप्ति :
अभिनेत्री सुमीना घिमीरेले मंगलबार साँझ समाचारको विषयलाई लिएर यस संघका केन्दि्रय सदस्य तथा अनलाइन खबर डटकम र रेडियो कान्तिपुरका पत्रकार बिजय आवाज सुवेदीलाई अत्यन्त तल्लो स्तरको तुच्छ, निकृष्ट, असभ्य र असामाजिक भाषामा गालीगलौज गर्दै ज्यानको धम्कीसमेत दिएको घटनाप्रति संघ घोर निन्दा गर्दछ। अभिव्यक्ति स्वतन्त्रताका हिमायती राष्ट्रकै चौथो अंग एक पत्रकारलाई आगामी दिनमा आफ्ना बारेमा कुनै समाचार नलेख्न तथा टाउको झोला र खुट्टा खोलामा पुर्‍याइदिने भन्दै आपराधिक ढंगबाट दिइएको धम्कीप्रति संघ गम्भिर भएको छ।

एक सक्रिय पत्रकारमाथि एउटी उदाउादी अभिनेत्रीले गरेको यो निन्दनीय हर्कतले सम्पूर्ण चलचित्र पत्रकार र पत्रकारिता जगत स्तब्ध भएको छ । अभिनेत्री घिमीरेले पत्रकार सुवेदीलाई दिएको ज्यान मार्ने धम्कीको चलचित्र पत्रकार संघ निन्दा र घोर बिरोध गर्दछ । न्युनतम मर्यादासमेत नाघेर पत्रकारलाई ज्यानको धम्की दिएकाले अभिनेत्री घिमीरेले गल्ती स्वीकार गर्दै जिम्मेवार नागरीक र नेपाली चलचित्र क्षेत्रको अंगका रुपमा प्रस्तुत गर्दै आफूलाई नसच्याए संघ उनलाई बहिष्कारसम्म गर्न बाध्य हुनेछ।
—– —– —– —- —– —– —– लक्ष्मण सुवेदी – महासचिव – चलचित्र पत्रकार संघ

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.