नायिका द्वारा पत्रकारलाई ज्यान मार्ने धम्कि



(सेलिब्रेटी नेपाल) २१ चैत्र-अन लाईन खबरमा छापिएको समाचारमा असन्तुष्टी जनाउदै नायिका सुमिना घिमिरेले पत्रकारको टाउको काट्ने धम्की दिएकी छिन् । अनलाईनखबरमा कार्यरत विजय आवाजलाई सुमिनाले हिजो साँझ टाउको एकातिर र खुट्टा अर्कोतिर पारिदने भन्दै धम्की दिएकी हुन् ।चलचित्र पत्रकार संघका कार्यसमिति सदस्य समेत रहेका आवाजलाई अपशब्द प्रयोग गर्दै सुमिनाले यस्तो धम्की दिएकोमा संघका अध्यक्ष विदुर गिरीले घोर आपत्ती जनाएका छन् । यो बिषयमा अध्यक्ष गिरीले भनेका छन्- ‘समाचार लेखेकै कारणले ज्यान मार्ने धम्की दिनु अलोकतान्त्रिक भयो । यदि समाचार गलत थियो भने खण्डन गर्ने वा कप्लेन गर्ने अरु निकाय थिए । त्यसैले यो बिषयलाई संघले गम्भीरता पूवर्क लिएको छ ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.