‘नेफ्टा फिल्म अवार्ड’को दशौं संस्करण घोषणा


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र प्राविधिक संघ (नेफ्टा) को आयोजनामा हुँदै आएको ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संस्करण घोषणा भएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमकाबीच नेफ्टा र ड्रिम हाइ नेपाल प्रा.लि.को आयोजनामा सम्पन्न हुने गरी दशौं नेफ्टा अवार्डको घोषणा गरियो ।

देश तथा विदेशी भुमीमा गरी ऐतिहासिक रुपमा नवौं संस्करण पार गरेको नेफ्टाले पछिल्ला दुई बर्ष अवार्ड आयोजना गरेको थिएन । संघ अध्यक्ष पुष्कर लामा (प्रेम बोमजोम)ले नेपालमा फिल्मसँग सम्वद्ध अवार्ड कार्यक्रमको संख्यामा बढोत्तरी भइ अवार्ड शब्दकै गरिमा हराउने अवस्था आएको, आकर्षण कम हुँदै गएको कारण नेफ्टाले पछिल्ला दुई बर्ष अवार्ड कार्यक्रमलाई निरन्तरता नदिएको बताए ।

छैटौं संस्करणबाट क्रमशः मलेसिया, कतार, हङकङ र दुबईमा सम्पन्न भएको नेफ्टा अवार्ड यो पटक काठमाडौंमा नै आयोजना हुनेछ । नेपाल सरकारले भ्रमण बर्ष (भिजिट नेपाल २०२०) मनाइरहँदा त्यसलाई मध्यनजर गर्दै नेपालमै कार्यक्रम गर्न लागेको लामाले बताए । अवार्ड कार्यक्रम आगामी चैत्र १५ गते राजधानीको मुटु टुंडिखेलमा आयोजना हुने घोषणा पनि कार्यक्रममा गरिएको छ ।

नेफ्टा फिल्म अवार्डमा विभिन्न ३२ प्रतिस्पर्धी विधासँगै पपुपर चलचित्र, पपुपर अभिनेता, पपुपर अभिनेत्री, बर्षको उत्कृष्ट जनजाती चलचित्र र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कुल ३७ विधा समावेश हुनेछन् । नेपालको सबैभन्दा ठुलो र पुरानो अवार्डको रुपमा आफुलाई उभ्याएको नेफ्टाले यो पटक पनि कार्यक्रमलाई सभ्य र भब्य बनाउन कुनै कसुर बाँकी नराख्ने महासचिव सालिकराम दुलालले बताए ।

दशौं संस्करणको नेफ्टासँगै आयोजकमा जोडिएको संस्था ड्रिम हाइ नेपालमा प्रमुख कमल जिसीले नेफ्टाको ब्राण्ड, लोकप्रियता र विश्वसनियताका कारण हातेमालो गर्न अघि आएको बताए । यसअघि सय बढि इभेन्टहरु गरिसकेको एभेन्ट कम्पनि ड्रिम हाइ नेपालले गत बर्षमात्रै स्टार अभिनेता अनमोल केसीलाई लिएर ग्राण्ड इभेन्ट ‘अनमोल इभ’ सम्पन्न गरेको थियो ।

कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, पहिलो नेपाली नायिका भुवन चन्द, हाँस्य अभिनेत्री बसुन्धरा भुषाल, निर्देशक तुलसी घिमिरे, महानायक राजेश हमाल, अभिनेता भुवन केसी, अभिनेत्री गौरी मल्ल, अभिनेता रमेश उप्रेती, सलोन बस्नेत, प्रमोद अग्रहरी, कलाकार सन्तोष पन्त, निर्मल शर्मा, रविन्द्र खड्का, अभिनेत्री नीता ढुङ्गाना, पवित्रा आचार्य, जेविका कार्की, रिस्ता बस्नेत, गायक आनन्द कार्की, युवराज चौलागाइँ लगायत शुभकामना दिन उपस्थित थिए । साथमा हालै सम्पन्न निर्वाचनबाट निर्वाचित चलचित्र निर्देशक समाजको कार्यसमितिलाई बधाई ज्ञापन तथा पशुपति विकास कोष र सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त हुनुभएका क्रमशः घनश्याम खतिवडा र अशोकप्यासी राईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै महानायक हमालले चलचित्र क्षेत्रमा प्राविधिकहरुको योगदानको तारिफ गरे । आफ्नो ३० बर्ष लामो करियरमा हरेक पाइलामा प्राविधिक जोडिएको भन्दै प्राविधिकको अनुपस्थितिमा कलाकारिता सुन्य हुने हमालको तर्क थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.