सेलिब्रेटी नेपाल
काठमाडौँ: कामना फिल्म अवार्ड्स २०७६ सम्पन्न भएको छ । सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी गोदरेज नम्बर वान कामना फिल्म अवार्ड्स २०७६ आज सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको छ ।
२०७६ को निर्णायक मण्डलले झन्डै एक महिना समय लगाएर अवार्डमा सरिक हुन आवेदन भरेका फिल्महरु अवलोकन गरी मूल्यांकन गरेपछि प्रतिस्पर्धात्मक २६ विधामा उत्कृष्ट ५ को मनोनयन सूची सार्वजनिक भएको उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।
मनोनयनबाट छनोटमा परेका बिभिन्न २६ बिधाका उत्कृष्ट अवार्ड वितरण भएका छन् ।
अवार्ड बिजेताहरुको सुची यस प्रकार रहेको छ
उत्कृस्ट चलचित्र : प्रसाद
उत्कृस्ट निर्देशक : दिनेश राउत, प्रसाद
उत्कृस्ट नायक : बिपिन कार्की, प्रसाद
उत्कृस्ट नायीका : नम्रता श्रेष्ठ, प्रसाद
कामना पब्लिक च्वाईस अवार्ड : स्वस्तिमा खड्का
सह अभिनेता : दयाहाङ्ग राई, साइँली
सह अभिनेत्री : प्रियंका कार्की, नाई नभनु ल ५
डेब्यु नायक : उमेश थापा, बवी
डेब्यु नायिका : सुहाना थापा, ए मेरो हजुर ३
सिजी क्रिटिक्स अवार्ड थिएटर : सिर्जना सुब्बा
सिजी क्रिटिक्स अवार्ड फेशन : ज्ञानी शोभा तुलाधार
सिजी क्रिटिक्स अवार्ड संगीत : न्ह्यु बज्राचार्य
कामना जुरी अवार्ड : हरी
कथाकार : खगेन्द्र लामिछाने, डमरुको डण्डीबियो
डेब्यु निर्देशक : छेतेन गुरुङ्ग, डमरुको डण्डीबियो
खलपात्र : प्रमोद अग्रहरी, कथा काठमाण्डु
सम्पादक : निमेष श्रेष्ठ, डमरुको डण्डीबियो
पटकथा : शुशिल पौडेल, प्रसाद
संवाद : दीपकराज गिरी, छक्का पञ्जा ३
हाँस्य कलाकार : केदार घिमिरे, छक्का पञ्जा ३
बाल कलाकार : सेड्रिना शर्मा, नाई नभनू ल ५
कोरियोग्राफर : कविराज गहतराज, छक्का पञ्जा ३
द्वन्द्व निर्देशक : शुक्रराज शाह, भिलेन
पार्श्व संगीत : एलिश कार्की, डमरुको डण्डीबियो
संगीतकार : बसन्त सापकोटा, नाई नभनु ल ५
गीतकार : दिनेश थपलिया, तिम्रो आँखामा, नाई नभन्नु ल ५
गायक : हेमन्त रानामगर, साईली
गायिका : अञ्जु पन्त, सँगसँगै, बाँध मायाले
सिनेमाटोग्राफर : पुरुषोत्तम प्रधान, नाई नभन्नु ल ५
ध्वनी मिश्रण : सुनयमान श्रेष्ठ, छक्का पञ्जा ३
श्रङ्गार : श्याम लामा, चक्कर
लाईफटाईम एचिभमेन्ट अवार्ड कला : नीर बिक्रम शाह
लाईफटाईम एचिभमेन्ट अवार्ड प्राविधिक : सन्तु तामाङ
पुस्करलाल मिडिया अवार्ड आर के मानन्धर (अध्यक्ष, ईमेज ग्रुप अफ कम्पनी)