बिकास बोर्डको अध्यक्ष पदका लागि दौडधुप गरेकी रेखा अब सल्लाहकार



(सेलिब्रेटी नेपाल)१८ चैत्र-चलचित्र बिकास बोर्डको अध्यक्ष पदका लागि दौडधुप गरेपनि नायिका रेखा थापाका लागि त्यो असम्भव जस्तै भयो । रेखालाई न त सरकाले नै स्विकार गर्‍यो न त चलचित्रकर्मीले नै बोर्ड अध्यक्षका लागि स्विकार गरे । सिनेकर्मीकै बिरोधका बिच वोर्ड अध्यक्ष हुने कुरामा असफल रहेकी नायिका थापा विकास वोर्डको महत्वपूर्ण सल्लाहकार समितिमा भने रहन सफल भएकी छिन् ।‘पप्पु’ सँग गाजा तानेदेखि चर्चामा रहेकी रेखा दोलखामा पनि उनिसँगै देखिएपछि झनै चर्चामा थिइन् । काम केही गर्न नसकेको बोर्डमा जम्बो सल्लाहाकार टोलीको आवश्यकता किन पर्‍यो, यो ‘पप्पु’ ले नै जान्ने कुरा हो । तर नायिका रेखा थापालाई भने बोर्ड अध्यक्ष बन्न नपाएपनि सल्लाहकार पद पाएर केही राहत मिलेको छ ।
गत बुधबार विकास वोर्डको कार्य समितिको बैठकले नायिका थापासहित नायक शिव श्रेष्ठ, निर्माता एवम् निर्देशक अशोक शर्मा, कलाकार राजेन्द्र सलभ, दब्बानाथ शुक्ला, राजकुमार पोखरेल सहितको टोलीलाई विकास वोर्ड कार्य समितिले सल्लाहकार समितिमा चयन गरेको छ । ७ सदस्सीय टोली मध्ये १ जनाको भने छनोट हुन बाँकी छ । सल्लाहकार समिति सदस्यले विकास वोर्डमा हुने विभिन्न काम कारबाहीको लागी उचित सल्लाह दिनेछन् । नव गठित समिति सहित २ महिना भित्रमा गरेका काम कारबाही बारे यसै हप्ता एक प्रेस समारोह गरेर जानकारी दिने अध्यक्ष मर्वैताले जानकारी दिए । विवादका बिच विकास वोर्डमा अध्यक्ष नियुक्त भएका मर्वैताले सल्लाहकार समिति सदस्यमा रेखालाई नियुक्ती गरेको विषयमा अहिले सम्म कुनै पक्षले बिरोध जनाइ नसकेको पनि उनले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.