नायक अर्जुन पछि नायिका निशाको पालो



(सेलिब्रेटी नेपाल)१६ चैत्र-नायिका निशा अधिकारीले सगरमाथा आरोहणको यात्रा गर्ने भएकी छिन् । यही महिनाको २४ गतेबाट सगरमाथा यात्रा गर्ने बताइएपनि यात्राबारे थप केहीपनि खुलाइएको छैन् । निशाको सगरमाथा आरोहणको सम्बन्धमा नेपाल चलचित्र कलाकार संघले अनामनगरस्थित युनियन हाउसमा एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।कलाकार संघका अध्यक्ष नवल खड्का, कलाकार वसुन्धरा भूषाल,नायिका करिश्मा मानान्धर लगायतको उपस्थिति रहेको उक्त पत्रकार भेटघाट कार्यक्रममा निसालाइ सफलताको शुभकामना दिइएको थियो । सबैको सफलताको कामना पाएर मख्ख देखिएकी निशाले हर्षित मुद्रामा भनिन्, ‘मिल्ने भए म सिनेमा क्षेत्रलाई नै सगरमाथामामा लैजाने थिएँ ।’ नायक अर्जुन कार्की पनि अहिले सगरमाथा आरोहण यात्राको क्रममा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.