‘माछा माछा’ बाट आफ्नै परिचय बनाउने सुरमा नम्रता श्रेष्ठ


सेलिब्रेटी नेपाल

काठमाडौँ: संसारमा एउटै नाम र अनुहारले झुक्किने कति हुन्छन् ? नाम त थाहा भएन तर एउटै अनुहार भएको मानिस चाही ७ जना हुन्छन भन्ने भनाइ छ । नेपाली चलचित्र क्षेत्र कै कुरा गर्ने हो भने शितल केसी र राजेश हमाललाइ उस्तै देखिने गरि झुकिन्ने कयौंछन् , त्यस्तै नाम कै कुरा गर्ने हो भने बर्षा शिवाकोटी र बर्षा राउतमा झुक्किने सुरुवाती दिनमा थुप्रै थिए। तर अहिले दुबैजनाले आफ्नो आफ्नो पहिचान सेपरेट गरिसकेका छन्। यो कुरामा उनीहरुलाई कुनै समस्या भएन। तर नेपालमा एउटी यस्ती नायिका छिन् जो नायिका नम्रता श्रेष्ठसंग नाम मिलेर तनाबमा छिन्।

नेपाली चलचित्र जगतमा नम्रता श्रेष्ठ भन्ने बित्तिकै ‘नोभेम्बर रेन’गर्ल नै सम्झिन्छन। तर धेरैलाई थाहा छैन कि बजारमा अर्की नम्रता श्रेष्ठ पनि छिन् भनेर। यिनी नम्रता चाही ठुली नम्रताको कारण जहिले छायाँमा पर्ने गर्छिन् ।

नेपाली चलचित्र क्षेत्रकि कान्छी नम्रता श्रेष्ठ भनेर चिनिने नायिकाले चलचित्र ‘गाँठो’बाट रजतपटमा आफ्नो पाइला राखिन् । बिडम्बना उनको पहिलो पाइलामा नै ठेस लाग्यो। पहिलो चलचित्रले दाम र नाम दुवै कमाउन सकेन। आफ्नो जोडीमा नाजिर हुसेनलाई पाएपछि नाजिर हुसेन कै पछि पछि लागेर दर्सकमाझ नोटिस हुन्छु कि भन्ने उनको ठुलो आसा आसमा मात्र सिमित भयो। पहिलो प्रयास असफल भएपछी उनले प्रयास भने जारि राखिरहिन र दोस्रो चलचित्र ‘जानिनजानि’मा सहायकको भूमिकामा चित्त बुझाइन। तर संयोग भनौ या चलचित्र नराम्रो भनौ दोस्रो चलचित्रले पनि सफलता पाउन सकेन।

कान्छी नम्रताको हिम्मत र सहासलाइ भने मान्नै पर्छ दुइपल्ट नमाज्जाले पछारिएकि उनि फेरी चलचित्र ‘माछा माछा’ बाट दर्शकमाझ आउन लागेकी छिन्। यसमा उनि सौगात मल्लको अपोजीटमा देखिएकी छिन्। उनि चलचित्र ‘माछा माछा’ बाट निकै आशावादी रहेकी छिन् उनि भन्छिन् ‘सिनेमा आर्टको ब्यानरमा काम गर्न पाउनु ठुलो कुरा हो’।

मंगलबार राजधानीमा आयोजित चलचित्र ‘माछा माछा’ को पत्रकारहरुसंगको अन्तरक्रियामा नम्रता श्रेष्ठको चुनौती रहेको बताइन् । आफ्नो छुट्टै पहिचान बनाउन लागि परेको समेत बताइन् । आगामी दिनमा अझै राम्रो काम गर्दै जाने र आफुलाई आफ्नै नम्रता श्रेष्ठको नाममा चिनाउनु उनको पहिलो चुनौती रहेको छ। चलचित्र ‘माछा माछा’ आगामी मङ्सिर २० गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.