हेमन्तको ‘आकाशै ज्यानको’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: कुशल सारङ्गीबादक,स्रष्टा,तथा गायक हेमन्त कान्छा रसाईलीको ‘आकाशै ज्यानको’बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गायक हेमन्त कान्छाको मर्मस्पर्शी माया प्रेमको भावनाले ओतप्रोत गीतमा डी.पी. खनालको शब्द र हेमन्त कान्छा रसाइलीको स्वर तथा संगीत र सन्जीव बराईलीको संगीत संयोजन रहेको छ ।

अनिल के मानन्धरको छायांकन र निर्देशन रहेको भिडियोलाइ मनोज कार्कीले सम्पादन गरेका छन् । भिडियोमा देवेन्द्र बब्लु,सोनाम मगर, बिशाल घिमिरे,र हेमन्त कान्छाको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई हेमन्त कान्छा रसाइलीको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.