‘मिष्टर नेपाली’ राष्ट्रियताको कथा कमेडी शैलीमा


सेलिब्रेटी नेपाल

काठमाडौं: चलचित्र ‘मिष्टर नेपाली’ आउँदो शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रले राष्ट्रियताको कथालाई कमेडी शैलीमा पस्केको छ। चलचित्रलाई दर्शकले साथ दिनेमा निर्माण पक्ष विश्वस्त छ।

चलचित्रमा देव भुषालको कथा तथा निर्देशन छ। उनी चलचित्र उत्कृष्ट बनेको दाबी गर्दै दर्शकले रुचाउनेमा पूर्ण विश्वस्त देखिन्छन्। निर्देशक भुषाल भन्छन्, ‘चलचित्रले देश तथा परदेश जहाँ रहेपनि आफ्नो कला, संस्कृति तथा गाउँ–ठाउँलाई विर्सनु हुँदैन भन्ने मूल मर्म बोकेको छ। दर्शकलाई चलचित्र मनपर्नेमा पूर्ण आशावादी छौं।’

चलचित्रमा अभिनेता भूवन केसी दोहोरो भूमिकामा प्रस्तुत छन्। त्यस्तै ‘मिष्टर नेपाली’मार्फत साहिल श्रेष्ठ र कुसुम राउतले चलचित्र उद्योगमा डेब्यू गर्दैछन्। चलचित्रलाई लिएर दुवै उत्साहित देखिन्छन्। चलचित्रमा साहिल धेरै वर्षपछि विदेशबाट आफ्नो देश नेपाल फर्किएको युवकको भूमिकामा छन्। त्यस्तै कुसुम आत्मनिर्भर गाउँले युवतिको भूमिकामा छिन्। दुवै डेब्यू कलाकार चलचित्रले रमाईलो तरिकाले गहन सन्देश समेत प्रवाह गरेको बताउँछन्।

चलचित्रमा सरोज खनाल, विष्णु सापकोटा, रवी डंगोल, कमलमणि नेपाल, रीमा विश्वकर्मा, सुरेन्द्र केसी, नन्दु श्रीवास्तव लगायतका कलाकारहरुको अभिनय छ।

देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता प्रेमराज दाहाल हुन्। चलचित्रमा सुवास भुषाल र दिपक शर्माको संगीत तथा कविराज गहतराजको कोरियोग्राफी छ। निरज कँडेलको छायांकन रहेको चलचित्रलाइ जिवन थापाले सम्पादन गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.