‘पोई पर्‍यो काले’ को स्याड भर्सन ‘माया ले’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: दिपावलीको छेको पारेर कार्तिक ८ गते बाट प्रदर्शनमा आएको चलचित्र ‘पोई पर्‍यो काले’ तेश्रो सातामा प्रवेश गरेको छ । काठमाडौँको गोपीकृष्ण,गुण र अस्ट नारायणमा र काठमाडौँ बाहिरका केहि हलहरुमा चलचित्र प्रदर्शन भई रहेको छ। चलचित्रमा समाबेश स्याड भर्सन केहि दिन अघि मात्र यु ट्युबमा सार्बजनिक गरिएको छ । प्रेम परियारको स्वरमा रहेको ‘माया ले’ बोलको गीतमा शब्द रघु परियारको रहेको छ भने संगीत पुरुषोत्तम न्यौपानेको रहेको छ ।

सेन्सर बोर्डबाट युनिभर्सल प्रमाणपत्र पाएको चलचित्रले मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश बोकेको छ । मानिसको रुप भन्दा पनि मन सफा र गोरो हुनुपर्ने बिषयलाई उठाउन खोजेको चलचित्रमा निर्देशक शिशिर राणाकै कथा रहेको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा शर्मा,आकाश श्रेष्ठ, सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । तिहारको समयमा चलचित्र हेरेर दर्शकले मनोरञ्जन लिई रहेका छन् ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.