‘मिस्टर नेपाली’मा भुवन केसी भिलेन


सेलिब्रेटी नेपाल

काठमाडौँ:कात्तिक २९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर नेपाली’मा दर्शकले नायक भूवन केसीलाई नेगेटीभ क्यारेक्टरमा देख्न सक्नेछन् । यो चलचित्रमा भूवन पिता र छोराको भूमिकामा देखिदैछन् । नायक केसी भन्छन्–‘चलचित्रमा म मुख्य नायक होइन । यसमा, मलाई दर्शकले नकारात्मक भूमिकामा देख्न पाउनुहुनेछ । पर्दामा मलाई देख्दा दर्शकलाई नौलो लाग्न सक्छ ।’

देव भुषालको निर्देशनमा तयार भएको चलचित्रमा भूवनको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ । चलचित्रको कथा साहिलको वरिपरी घुमेको छ । भूवनले भने–‘यो चलचित्रले राष्ट्रियताको कथा भन्छ । विदेशमा बसेर पनि नेपालीहरुको मन नेपालमै हुन्छ भन्ने कथामा चलचित्र बनेको छ ।’चलचित्रमा कमेडी, प्रेम र देशप्रेम सबै भएकाले पनि दर्शकले मन पराउने विश्वास भूवनले गरे । प्रेमराज दाहालको लगानीमा बनेको यो चलचित्रको अहिले प्रचारप्रसार तिव्र छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.