नेपाल चलचित्र कलाकार सङ्घको दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौं: नेपाल चलचित्र कलाकार सङ्घले नेपालीहरुको महान् पर्व बडा दशैँ, तिहार, छठ एवम् नेपाल सम्वत् ११४० को अवसर पारेर राजधानीमा टीका सहितको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सङ्घका अध्यक्ष रविन्द्र खड्का तथा बरिष्ठ चलचित्रकर्मी तथा गीतकार यादव खरेलले उपस्थित कलाकारहरुलाई टीका लगाई दिएका थिए ।

सङ्घका उपाध्यक्ष मोहन निरौलाले संचालन गरेको कार्यक्रममा सङ्घका महासचिव चेतबहादुर सिंह ‘राजा’ले स्वागत मन्तव्य राखेका थिए । नेपाल सङ्गीत तथा नाट्यक कला प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, सङ्घका सल्लाहाकार तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष, कृष्ण मल्ल, चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, वरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरीलगायतले सङ्घले नेपालीहरुको महान चाडका अवसरमा कलाकारहरुलाई एकठाउँमा भेला गराई शुभकामना आदान–प्रदान गर्ने कार्यको सुरुवात गरेर राम्रो काम गरेको भन्दै सङ्घले गरेको कार्यक्रमको प्रशंसा गरेका थिए ।

कार्यक्रममा टीका सहित सङ्घ स्थापना भएको ३१ वर्ष पुगेको भन्दै कलाकारलाई ३१ रुपैयाँ सहित दक्षिणा पनि दिएको थियो भने संघका कोषाधक्ष्य सुनिल कटुवालले ३१ रुपयाँलाइ ३१०० बनाइ चलचित्र कलाकार संघको कोषमा जम्मा गर्न सुरुवात गरे संगै कलाकारहरुले सो ३१ रुपैयाँमा थप रकम जम्मा गरी कलाकार अक्षय कोषका लागि रकम हस्तान्तरण गरेका थिए । यो रकम ३५ हजार भन्दा धेरै संकलन भएको थियो । अध्यक्ष रविन्द्र खडाकाले अगामी वर्षदेखि हरेक चतुर्दशी तिथीमा यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । आजको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका लागि कलाकार जनक गर्तौलाले आर्थिक सहयोग गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.