‘मिष्टर नेपाली’को शिर्ष गीत सार्बजनिक,विदेश जानेलाई आफ्नो देश नभुल्न आग्रह


सेलिब्रेटी नेपाल

काठमाडौं: अभिनेता भुवन केसी र अभिनेत्री रीमा विश्वकर्मा स्टारर चलचित्र ‘मिष्टर नेपाली’को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ। वडा दशैंको शुभकामनासहित बिहीबार ‘हे मेरो परदेशी दाजुभाई’बोलको गीत देवचुली फिल्मस्को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। चलचित्रका लेखक तथा निर्देशक रहेका देव भुषालको शब्द, सुभाष भुषालको संगीतमा हेमन्त कान्छा रासाइलीले यो गीत गाएका छन्।

निर्देशक भुषाल गीतले चलचित्रको सार बताउने बताउँछन्। ‘मिष्टर नेपाली’ राष्ट्रियताको कथामा निर्माण भएको चलचित्र हो। चलचित्रले विदेशमा रहेको नेपालीहरुको नेपालप्रतिको मायालाई झल्काउँने निर्देशक देव भुषाल बताउँछन्। चलचित्रलाई देवचुली फिल्मस्को ब्यानरमा प्रेमराज दाहालले निर्माण गरेका हुन्।

यसै चलचित्रमार्फत साहिल श्रेष्ठ र कुशुम राउत नेपाली रजतपटमा डेब्यू गर्दैछन्। सरोज खनाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, कमलमणी नेपाल, सुरेन्द्र केसी, रवी डंगोल, राजेन्द्र गिरी, अर्जुन खत्री, लक्ष्मी तिमिल्सिना लगायतको पनि चलचित्रमा अभिनय रहेको छ। चलचित्रमा भुवनले तीनवटा फरक–फरक भूमिका निर्वाह गरेका छन्। जसले पनि चलचित्रप्रति दर्शकको कौतुहलता बढाउने अनुमान गरिएको छ। आउँदो कार्तिक २९ गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.