बिनुले जितिन् ‘मिस गुरुङ इन्टरनेशनल’ को ताज


सेलिब्रेटी नेपाल

काठमाडौँ: काठमाण्डौको कमलादी स्थित प्रज्ञाभवनमा देशभरि वाट छानिएका १५ प्रतिस्पर्धी बिच सम्पन्न भएको मिस गुरुङ इन्टरनेशनल तेश्रो संस्करणको उपाधि तनहुँ की बिनु गुरुङले जितेकी छन् । काठमाडौंमा भएको फाइनलमा १४ प्रतिस्पर्धीलाई पछाडी पार्दै बिनुले उपाधि जितेकी हुन् । त्यस्तै फस्ट रनअरअपको उपाधि ओसिन गुरुङले हात पारिन् भने सेकेन्ड रनर अप अन्जु गुरुङ भइन् ।

मल्टिमिडीयाको उपाधि मेरिजन गुरुङ हात पार्दा अर्गनाइजर्स च्वाइस उपाधि गीता गुरुङले हात पारिन । विजेता बिनुले यामाहाको स्कुटरसँगै अन्य आकर्षक उपाहार हात पारिन् । साथै सम्पूर्ण बिजेता हरूले बिभिन्न आकर्षक पुरस्कार हरू प्राप्त गरेका छन् । मिस गुरुङ इन्टरनेशनलको आयोजक मृगतृष्णा फेसन एण्ड प्रोडक्सन हो भने व्यवस्थापन बि एण्ड बी इभेन्ट मेनियाले गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.