फेरी सर्यो सुशील र रुबिनाको ‘लभ डायरिज’


सेलिब्रेटी नेपाल

पटक पटक प्रदर्शन मिति सर्दै आएको चलचित्र ‘लभ डायरिज’ले नयाँ प्रदर्शन मिति सार्बजनिक गरेको छ । असोज ३ रिलिज डेट पोस्टपोण्ड गरेको चलचित्र ‘लभ डायरिज’अब छठ पर्व लक्षित गर्दै कार्तिक १५ बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ। सौरभ चौधरी निर्देशित चलचित्रको एक रोमान्टिक गीत पनि सार्वजनिक भैसकेको छ।

प्रेमकथानक चलचित्रमा सुशीलसँग डेब्यु गर्ल रुबिना थापाले जोडी बाँधेकी छन्। सार्बजनिक रोमान्टिक गीतमा यी दुईको केमेस्ट्री सुहाएको छ। चलचित्रमा सुशील र रुबिन संगै विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि मुख्य अभिनय छ।

मधु बास्तोलाको कथा/पटकथा रहेको चलचित्रमा सम्पादक साहिल खानले सह-निर्देशकको काम सम्हालेका छन्। विनोद सापकोटा निर्माता रहेको चलचित्रमा सरोज तुलाधरको सह-निर्माण छ । सञ्जय लामाले छायांकन गरेको चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.