‘प्रेम गीत ३’ ओभरसिज राइट्स ९५ लाखमा बिक्रि


सेलिब्रेटी नेपाल

काठमाडौँ: सफल चलचित्र ‘प्रेम गीत’ को सिरिज ‘प्रेम गीत ३’ को बिदेश प्रदर्शन अधिकार ९५ लाख रुपैयाँमा बिक्री भएको छ। निर्माता सन्तोष सेनले आफ्नो चलचित्र ‘प्रेम गीत ३’ को बिदेश प्रदर्शन अधिकार ९५ लाख रुपैयाँमा बिक्री भएको दावी गरेका छन् । तिहारपछि छायाँकनमा जाने तयारीमा रहेको चलचित्रको बिदेश प्रदर्शन अधिकार दाताज् इभेन्ट म्यानेजमेन्टले किनेको निर्माता सेनले बताए ।

सेनले शुक्रबार आफ्नो जन्मदिन मनाउने क्रममा आयोजीत कार्यक्रममा यस बिषयमा सम्झौता भएको जानकारी दिएका छन् । ‘प्रेम गीत ३’ को वल्र्डवाइड रिलिज राइट बिक्री भएको छ,’ उनी भन्छन्, ‘दाताज् इभेन्टका दाताराम घिमीरेजीले राइट किन्नु भएको हो ।’

निर्माता सेनका साथमा छेतेन गुरुङको संयुक्त निर्देशन रहने चलचित्रमा प्रदिप खड्का, शिव श्रेष्ठ, सुनिल थापा, कृष्टिना गुरुङ, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, समृद्धी शाही ठकुरी, माओत्से गुरु, अनुभव रेग्मीलगायतले अभिनय गर्दैछन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.