‘मिस्टर नेपाली’पहिलो गीत सार्बजनिक,भुवन र रिमाको छमछमि


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेता भुवन केसीको दोहोरो भुमिका रहेको चलचित्र ‘मिस्टर नेपाली’ को पहिलो गीत सार्बजनिक गरिएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्बजनिक गरिएको । ‘नाँचौ छम्म छम्म’ बोलको लोक शैलीको गीतलाई विवाहको सेटमा खिचिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार भुवन केसी, रिमा विश्वकर्मा, डेव्यु कलाकार कुशुम राउत, शाहिल श्रेष्ठ, गायक मिलन लामा र गायिका रिता केसीलाई फिचर्ड गरिएको छ ।सार्वजनिक गीतमा सुवास भुषालको संगीत, निर्देशक देव भुषालको शब्द रचना तथा मिलन लामा र रिता केसीको स्वर छ । कविराज गहतराको कोरियोग्राफी रहेको गीतलाई निरज कँडेलले छायाँकन गरेका हुन् । प्रेम राज दाहालको लगानी रहेको चलचित्र आगामी कार्तिक २९ गतेबाट प्रदर्शनमा आउनेछ ।

देवचुली फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई देव भुषालले निर्देशन गरेका हुन् चलचित्रमा भुवन केसी, रिमा विश्वकर्मा, डेव्यु कलाकार कुशुम राउत, शाहिल श्रेष्ठका अलवा सरोज खनाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, कमलमणी नेपाल, रवी डंगोल, सुरेन्द्र केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.