‘बैना बट्टा’ को शिर्ष गीत सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘बैना बट्टा’ को शिर्ष गीत सार्वजनिक गरिएको छ। मेलिना राई र राजु लिम्बुको स्वर रहेको ‘बैना बट्टा’ बोलको गीत ओएसारको अफिसियल यु ट्युब मार्फत सार्वजनिक गरिएको हो। गीतमा बाबु मोक्ताङ (बीएल) र रश्मिला तामाङलाई फिचरिङ गरिएको छ। प्रेम लावतीले निर्माण गरेको यस चलचित्रमा राज चाम्लिङको लेखन तथा निर्देशन रहेको छ। नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो ‘बैनाबट्टा’ । यसैको सेरोफेरो चलचित्रको बिषयबस्तु रहेको छ ।

यस चलचित्रको नृत्य निर्देशन कमल राई छायाँकन सम्पादन देबजँग थापाले गरेका हुन् भने ‘बैनाबट्ट’मा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ, अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.