शिवहरीको निर्देशनमा दिलिप बन्ने भए ‘लक्का जवान’


सेलिब्रेटी नेपाल

काठमाडौँ: हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यू निर्देशनमा बन्ने चलचित्र ‘लक्का जवान’ को प्रर्दशन मितिसँगै चलचित्रमा अभिनय गर्ने कलाकारहरुको नाम सार्वजनिक गरिएको छ । प्रर्दशन मिति चैत ७ गतेलाई घोषणा गरिएको छ । हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितीमा बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले चलचित्रको प्रर्दशन मिति र कलाकारहरु सार्वजनिक गरेका हुन् । कार्यक्रममा मह जोडीसँगै दिपकराज गिरी, दिपाश्री निरौला,जितु नेपाल,केदार घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

हाँस्यकलाकार किरण केसी, शिवहरि पौडेल र अभिनेता दिलीप रायमाझी सहनिर्माणको रुपमा रहने यस चलचित्रमा दिलिप रायमाझी, शिवहरि पौडेल र किरण केसी स्वयमको पनि अभिनय रहनेछ । यिनका अलवा चलचित्रमा प्रियंका कार्की,सलोन बस्नेत,बर्षा सिवाकोटी,राजाराम पौडेल, सरोज खनाल, जयनन्द लामा,अनुसुया श्रेष्ठ पन्त सुशील पोख्रेल, रमेश केसी, सबित गुरुङ, बिमला गिरी,अन्जु मर्हजन, मनिसा श्रेष्ठ, धनिराम मुस्कान,यमन श्रेष्ठ, बिनोद केसी, शिवहरि आचार्य,स्वस्तिका लामिछाने,कन्चन सापकोटा, डोमा शेर्पा र लक्ष्मी श्रेष्ठ लगायतको भूमिका रहनेछ । चलचित्रको भदौ ४ गतेबाट छायाकंन शुरु हुनेछ ।

आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने ‘लक्का जवान’मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ। चलचित्र पारिवारिक कथासँगै कमेडी जनरामा बन्ने बताइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.