‘तीजैमा ब्रत बसी’ भन्दै संचारकर्मी गीता (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गतवर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो’ सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी’ भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी…’ आज राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र नायिका पुजना प्रधान, सारिका र गीतालगायतका कलाकारको अभिनय रहेको तीज गीत ‘तीजैमा ब्रत बसी…’को भिडियोलाई गीताकी आमा यमकुमारी अधिकारीको प्रमुख आतिथ्यता र नेपाली पहिलो रङ्गीन चलचित्र आमाकी अभिनेत्री चैत्यदेवी, किर्तिमानी गीतकार डा. डीआर उपाध्याय, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, गीतकार तथा सञ्चारकर्मी शान्तिप्रिय, गायक सिताराम पोखरेल, सङ्गीतकार राजु सिंह, गीतकार संघका महासचिव वसन्त वित्यासी थापालगायतको आतिथ्यतामा सार्वजनिक गरिएको हो।

नारायण रिजालले निर्देशन गरेको गीतको भिडियोमा योगेश काजीको लय सङ्कलन तथा एरेन्ज रहेको छ । गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले छायाँकन तथा सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.