‘न यता न उता’ को अफिसियल पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: श्रावन १७ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने कमेडी चलचित्र ‘न यता न उता’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । विशारद बस्नेत र मिराज रोष निर्देशित चलचित्रको पोस्टरमा लगभग सबै कलाकारले स्थान पाएका छन् ।लन्डनबाट नेपाल पुगेका दुई अर्धबैंशे नेपालीले बिहेको लागि गर्ने संघर्ष चलचित्रको मूल कथा हो । समीर दिक्षित, ऋचा शर्मा, छुल्ठिम गुरुङ र मिराज रोषले मुख्य भूमिका निर्वाह गरेको चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ र जयनन्द लामाको पनि अभिनय छ ।

मिराज रोषको कथा/पटकथा रहेको चलचित्रमा अभिमन्यु निरवीको संवाद छ । रीना लामा कार्यकारी निर्माता रहेको चलचित्रमा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्यले लगानी गरेका छन् । अरोन अशोक कुमारले खिचेको चलचित्रमा विपिन मल्लको सम्पादन छ । चलचित्रमा समाबेश गीत र ट्रेलर पहिले नै सार्बजनिक भई सकेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.