सरौतो टिजर सार्बजनिक, सुमीको एक्सन अवतार


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र’सरौतो’को टिजर सार्बजनिक गरिएको छ । सार्बजनिक टिजरमा भरपुर एक्सन दृश्य समाबेश गरिएको छ । सुनी मोक्तानले साइलेन्स किलर गर्लको भूमिका निर्वाह गरेकी छिन् । रिभेन्जको कथा भन्ने चलचित्रलाई हरि हुमागाईंले निर्देशन गरेका हुन् । टिजरमा मुख्य कलाकार विजय लामा, सन्नी सिंह, धिरेन शाक्य लगायत पनि अटाएका छन् । चलचित्रमा समाबेश एक गीत सार्बजनिक भईसकेको छ ।

राघव कृष्ण गौतमको कथा, पटकथा र संवाद रहेको चलचित्रमा युवराज लामा, आमिर गौतम, लेओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीको पनि अभिनय छ । विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् । शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई बिके फिल्मस् र एफ डि कम्पनीले प्रदर्शनको जिम्मेवारी सम्मालेका छन् । चलचित्र कार्तिक २२ गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.