श्रावण १७ मा आउने भो ‘न यता न उता’


सेलिब्रेटी नेपाल

काठमाडौँ: मिराज रोश र बिशारद बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘न यता न उता’को ट्रेलर सार्बजनिक भएको छ । कमेडी कथामा निर्माण भएको यो चलचित्र श्रावण १७ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ । पटक पटक प्रदर्शन मिति सर्दै आएको चलचित्र अब चाहिं यो मितिमा आउने कन्फर्म भएको छ ।

त्रन्त्रालय फिल्मस् र हाइलटाइ नेपालको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । चलचित्रमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दिक्षित, वुद्दि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, कमलमणि नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुनिभा तुलाधर, राजन खतिवडा, जयनन्द लामा लगायतका कलाकारको मुख्य भूमिका छ । ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको चलचित्रमा अमित अर्याल, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन शर्मा लगायतको लगानी छ । चलचित्रको एउटा लोक लयको गीत सार्वजनिक भैसकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.