पदम र मेलिनाको ‘पछि पछी’ पुष्प र वर्षा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: पदम राइ र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक ‘पछि पछी’ बोलको गीतमा शब्द तथा संगीत दीपक शर्माको रहेको छ । रिकेश गुरुङको संगीत संयोजन रहेको गीत रोमान्टिक शैलीमा बनाईएको छ । सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोलाइ नबराज उप्रेतीले छायांकन गरेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोमा पुस्प खड्का,वर्षा राउत,गायक पदम राइ र गायिका मेलिना राइलाइ फिचर्ड गरिएको छ । जया शर्मा एसोसियट्स डाइरेक्टर रहेको भिडियो मेलिना राइको अफिसियल यु ट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।

खोटांग पुर्खौली घर भएका पदमको जन्म थलो ताप्लेजुंग हो। मेची अञ्चल स्तरीय गायन प्रतियोगितामा टप फाइभ बनेका उनले ताप्लेजुंग आइडलमा प्रथम बनेका थिए उनले २ वटा सोलो एल्बम सार्बजनिक गरी सकेका छन् ३ दर्जन भन्दा बढी गीतमा स्वर दिई सकेका छन् सांगीतिक क्षेत्रमा निरन्तर लागि रहने उनको योजना रहेको छ ।