‘धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम’ सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ:धौलागिरी साँस्कृतिक समितिको आयोजनामा ‘धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम’ सम्पन्न भएको छ । राजधानीमा शनिबार सम्पन्न कार्यक्रम धौलागिरी साँस्कृतिक समितिका अध्यक्ष कृष्ण समिप सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथीको रुपमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बिशेष अतिथीको रुपमा शम्भुजित बास्कोटा रहेका थिए ।

कार्यक्रमलाइ सचिव सुजन बराईली लगायत अन्यले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा धौलागिरी साधना सम्मानको रुपमा बरिष्ठ गायकहरु जिवन शर्मा, खड्ग गर्बुजा, बिमलराज क्षेत्रीलाई सम्मान गरिएको थियो भने धौलागीरी युवा सम्मानको रुपमा कुलेन्द्र बिश्वकर्मा, बसन्त थापा, नवराज पन्त सम्मानीत भएका थिए । उक्त कार्यक्रममा पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो ।

धौलागिरी अञ्चलका सम्पुर्ण कलाकारहरुलाई एकिकृत गर्ने उदेश्यले यस समितिको आयोजना भएको सोही समितीका अध्यक्ष कृष्ण समिप सुबेदीले बताए । कार्यक्रम भब्य सभ्य रुपमा सम्पन्न भएकोमा सहयोगीदाताहरु, पत्रकारहरु, कलाकारहरु लगायत अन्य शुभचिन्तकहरु प्रती सोही समितिका अध्यक्ष सुबेदीले आभार प्रकट गर्नुका साथै यस्तै माया अनि साथ सपोर्ट पाए पछि आगामी बर्षमा धौलागिरी अवार्डको आयोजना गरिने कुरा जानकारी गराए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.