‘झट्का’ र ‘प्रेम दिवस’ प्रदर्शनमा


सेलिब्रेटी नेपाल
-diwas
काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत यो शुक्रबार बाट चलचित्र ‘झट्का’ र प्रेम दिवस’ ले आफ्नो प्रदर्शन आरम्भ गरेका छन्। समय सामयिक बिषय बस्तुमा आधारित चलचित्र ‘झट्का’ले काठमाडौँको रात्री जिबनको यथार्थ कथा भन्नेछ। चलचित्रलाई रमेश बिसुङ्खेले निर्देशन गरेको हुन। प्रेमकथामा बनेको चलचित्र ‘प्रेम दिवस’ लाइ योगेश घिमिरेले निर्देशन गरेका हुन् ।

चलचित्र ‘झट्का’ को निर्माता तुलसी लाल नेवा हुन भने कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् । चलचित्रमा सुरविर पण्डित,श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ ईश्वर गुरुङ, मनिता श्रेष्ठ, उमेश बिसुङ्खे हिक्मत, कुवँर प्रदिप काफ्लेको मुख्य भुमिका रहेको छ।

चलचित्रमा पुरुषोत्तम न्यौपाने को संगित, सुरेश पाण्डे र कृष्ण ब्लोनको कोरियोग्राफी,द्वन्द सुरज श्रेष्ठको रहेको छ । चलचित्रलाइ जीवन पराजुली र बसन्त गौतमले छायांकन गरेका हुन् भने चलचित्रलाई रमेश बिसुङ्खेले सम्पादन गरेका हुन् ।

चलचित्र ‘प्रेम दिवस’ मा प्रियंका कार्की र आयुष्मान देसराज देशराज जोशीको मुख्य भूमिका रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.