‘कहाँ छौ’ मेल भर्सन र फिमेल भर्सन भिडियो सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: गीतकार मनिष वशिष्ठको प्रस्तुतीमा ‘कहाँ छौ’ बोलको गीत सार्वजनिक गरिएको छ । ‘कहाँ छौ’ बोलका मेल भर्सन र फिमेल भर्सन गीतको म्युजिक भिडियो सार्वजनिक भएका हुन् । गीतमा सजल न्यौपानेको स्वर रहेको मेल भर्सन र फिमेल भर्सन बानिका प्रधानको स्वर रहेको छ । सजल न्यौपानेकै संगीत रहेको गीत हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

मनिष वशिष्ठको शब्द रहेको ‘कहाँ छौ’ बोलको गीतका बि एन निराकार एरेन्जर हुन् । सार्वजनिक म्युजिक भिडियोमा गम्भिर बिष्ट र आश्मा गिरीको अभिनय छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई ओम पौडेलले सम्पादन गरेका हुन् । म्युजिक भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन्, भने सहायक निर्देशकमा सुबोल थापा छन् । भिडियोको कन्सेप्ट भने निर्देशक बिष्ट र गीतकार मनिष वशिष्ठको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.