दीलिपले अलिशालाई किन भने ‘मान्छे फकाएर आफ्नो हुँदैन’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: दीलिप रायमाझी अभिनित नयाँ म्युजिक भिडियो ‘मान्छे फकाएर आफ्नो हुँदैन’ सार्वजनिक भएको छ । फिल्मी शैलीमा तामझामका साथ थुप्रै कोरस प्रयोग गरेर निर्माण गरिएको भिडियोमा दीलिपलाई जोडीको रुपमा मोडल अलिशा शर्माले साथ दिएकी छन् । चर्चित लोक गायक गायिका बद्री पंगेनी र बिष्णु माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत बिनोद पराजुलीको रहेको छ । गीतका शब्द मिठास भरिएका तथा जनजिब्रोमा झुन्डिने खालका छन् । शुभारम्भ डिजिटलका लागि शम्भु कुवँरको प्रस्तुतिमा तयार भएको गीत छिट्टै लोकप्रिय हुने बिश्वास आफुलाई रहेको गायक बद्रीले बताए । काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा दीपक बिष्टको सम्पादन रहेको छ ।