दिपक र दीपाको प्रेमले एक दशक पार गर्यो


(सेलिब्रेटी नेपाल) २५ फागुन-दीपाश्री निरौला र दीपकराज गिरीको लभ परेको औपचारिक रूपमै १० वर्ष पुगेको छ ।अर्थात् श्रीमान्-श्रीमतीका रूपमा तितो सत्यमा उनीहरू  देखिन थालेको एक दशक पूरा हुँदैछ। उनीहरूबीचको माया म्याचोर्ड भएको यो अवसरमा तितो सत्यले भव्य कार्यक्रम गर्ने भएको छ। ‘हो त  एकबाट सुरु भएको हाम्रो माया १० वर्ष पुगेको छ’ दीपाश्रीले हाँस्दै भनिन्- चैत्र ३ गते दसौं वर्षगाँठ मनाउँदैछौं। तितो सत्य युनिटका नायक नायिका दीपक र दीपाका अनुसार कक्षा १ मा अध्ययन गर्दा तितो सत्य हेर्ने बालबालिका कक्षा १० सम्म पुग्दा पनि नियमित रूपमा प्रसारण भैरहेको  छ। लोडसेडिङ लगायतका विविध समस्या आए पनि तितो सत्य एउटै नामबाट सबैभन्दा लामो समय प्रसारण हुने हास्यश्रंखलाको रेकर्ड  कायम गर्न सफल भएपछि ५ सयौं भाग विशेष अवसरका रूपमा मनाइने भएको हो सांस्कृतिक कार्यक्रमसहित भव्य समारोहकाबीच तितो  सत्य प्रसारण हुनेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.