विमलको ‘मायाको झण्डा’ मा अन्जुको छमछमी (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: विमल डाँगीको सङ्गीत तथा विमल डाँगी र माण्डवी त्रिपाठीको स्वरमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्बजनिक गरिएको छ । ‘मायाको झण्डा दिलमा फरर’ बोलको भिडियो गुन्द्रुक मिडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। विमलराज क्षेत्रीको सङ्गीत संयोजन रहेको यो गीतको भिडियो शिव वि. क. को निर्देशनमा तयार भएको हो । भिडियोमा अन्जु निरौला, रविन्द्र प्रताप सेन, लोमश शर्मा र साथीहरुको अभिनय एवं नृत्य रहेको छ । भिडियोका छायाँकार रामेश्वर कार्की र सम्पादक सुजन शाही हुन् ।

केहीवर्ष यता अमेरिका बस्दै आएका लोकप्रिय गायक विमल डाँगीले एक वर्षको अन्तरालमा यो गीत गाएका हुन् भने लगभग डेढ वर्षदेखि म्युजिक भिडियोमा नदेखिएकी लोकप्रिय मोडल अन्जु निरौलाले पनि लामो समय पछि आफ्नै युट्युब च्यानल मार्फत आफ्नै प्रस्तुतिको भिडियोबाट पुनरागमन गरेकी हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.