‘लभ स्टेशन’ गीत सार्बजनिक ! जसिताको बिहे हुँदा रोए प्रदिप (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लभ स्टेसन’ को नयाँ गीत सार्बजनिक गरिएको छ । चलचित्रको सस्पेन्स खुल्ने डरले निर्माण टिमले ‘तिमी रुँदा’ बोलको गीत सार्बजनिक नगरी राखेको थियो । डेभिड शंकरको स्वर रहेको गीतमा दीपक शर्माको संगीत,उषा शेरचन र दिपक शर्माको को शब्द रचना रहेको छ । गीतको भिडियोमा चलचित्रमा नेगेटिभ रोलमा रहेका प्रकाश शाहसँग अभिनेत्री जसिता गुरुङलाई लगनगाँठो कस्दै देख्न सकिन्छ । दुईको विवाहमा अभिनेता प्रदीप खड्का गीतमार्फत् मनको बेदना पोख्दै देखिएका छन् ।

उज्ज्वल घिमिरेले निर्देशन गरेको चलचित्र ‘लभ स्टेशन’ सांगीतिक प्रेमकथामा आधारित पारिवारिक चलचित्र हो । प्रदीप, जसिता र प्रकाशका अलावा चलचित्रमा रमेश बुढाथोकी, रश्मी पाण्डे, सरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.