पर्देशिएको मायालु स्वदेश फर्कन लाग्दा दङ्ग रिमा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: लामो समयसम्म अष्ट्रेलिया बस्दै आएका गीतकार तथा सङ्गीतकार आर. सि थापा ( रामचन्द्र थापा ) अष्ट्रेलियाको ब्यस्त जीवनमा पनि सङ्गीत सृजनामा सक्रिय छन् । ईनास ग्लोबल उपाध्यक्ष समेत रहेका थापाले करिब दुई बर्ष अघि लोकप्रिय गायक सत्य-स्वरुप संगको सहकार्यमा ‘प्रारम्भ’ नामक गीती एल्बम सार्बजानीक गरेका थिए जस्मा सबैजसो गीतलाई सुगम सङ्गीतका श्रोताहरुले मन पराएका थिए । जसमध्य “तिम्रो सुन्दर आँखामा ” बोलको म्युजिक भिडियो तथा गीत सर्वाधिक दर्शकले रुचाएका थिए ।

यसैको निरन्तरतास्वरुप फेरि सत्य-स्वरुप संगको सहकार्यमा दोस्रो एल्बमको तयारीको क्रममा भर्खरै मात्र ” मायालु “बोलको गीतको म्युजिक भिडियो सार्बजनीक गरेका छन । लामो समयसम्म बिदेशमा बसेर आफ्नो मायालु लाई भेट्न आतुर प्रेमीको हर्षको भाबलाई समेटेर बनाईएको यस गीतमा आर सी थापाको शब्द तथा सङ्गीत रहेको छ भने लोकप्रिय गायक स्वरूप राज आचार्यले स्वर भरेका छन । यस गीतमा सङ्गीत संयोजन आमोश तामाङको रहेको छ भने म्युजिक भिडीयोलाई प्रकास धिताल निर्देशन गरेका छन । अभिनेत्री तथा कार्यक्रम संचालिका रिमा बिस्वकर्मा र अभिनेता जीवन भट्टराईले यस भिडीयोमा अभिनय गरेका छन् । सार्बजनिक भिडियोलाइ उत्सब दाहालले छायाँकन र टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।