नेपाल आइडल रवि ओडको ‘मिठो बोलीले’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: दोश्रो नेपाल आइडल तथा गायक रवि ओड आफ्नो सांगीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा श्रोतामाझ आएका छन् । शुक्रवार यूट्युबमार्फत ‘मिठो बोलीले…’ गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको हो ।नृत्यपरक उक्त गीतमा हरि लम्सालको संगीत कृष्ण केसीको शब्द रचना रहेको छ ।

शिव बिकको कोरियोग्राफी तथा निर्देशनमा उक्त गीतको म्युजिक भिडियो तयार भएको हो । भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओड नै फिचर्ड छन् । सुप्रिम पराजुलीले उक्त भिडियोलाई सम्पादन गरेका हुन् । रामेश्वर कार्की भिडियोका छायांकार हुन् । भक्तपुर दरवार स्क्यावरको आकर्षक लोकेशनमा छायांकन गरिएको भिडियोमा करिव ६० जना कोरस कलाकारहरुले सामुहिक नृत्य गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.