अन्तर्राष्ट्रिय धावक सन्तोष राईलाई ‘सेलिब्रेटी सम्मान’ प्रदान


सेलिब्रेटी नेपाल

काठमाडौँ: सेलिब्रेटी समाज नेपालले थुप्रै अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी भएर नेपालको नाम राख्न सफल भएका अन्तर्राष्ट्रिय धावक सन्तोष राईलाई ‘सेलिब्रेटी सम्मान’ प्रदान गरेको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै धावक सन्तोष राईलाई सम्मान गरिएको हो । राई नेपालको चर्चित दौड नेवाः च्यारिटीको धरान रनका संस्थापक हुन् । हरेक वर्ष फेब्रुअरीमा हुने धरान रन सन् २०११ बाट सुरु भएर अहिलेसम्म निरन्तर चलिरहेको छ । मुकुन्द हरि श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कीर्तिमानी खेलाडी दिपक बिस्ट,खेलाडी दिपक श्रेष्ठ,कलाकार सुनिल थापा,चलचित्र निर्देशक मिलन च्यास,चलचित्रकर्मी राजकुमार राइ लगाएत थुप्रै संचारकर्मीको उपस्थिति रहेको थियो ।

सेलिब्रेटी समाज नेपालका तर्फ बाट जनक दीप पराजुलीले स्वागत मन्तब्य राखेर सुरु भएको कार्यक्रम सेलिब्रेटी नेपाल समाजका संस्थापक ज्योतिराज राइले समापन गरेका थिए । नरेश भट्टराईले कार्यक्रम संचालनको जिम्मेवारी सम्हालेका थिए । सन्तोष राई आफैं चर्चित अन्तर्राष्ट्रिय धावक पनि हुन् । उनले सन् २००९ देखि निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दौडहरुमा सहभागी भइरहेका छन् । हालसालै मात्र जापानमा भएको टोकियो म्याराथन २०१९ मा ३,८००० सहभागीहरुमध्येबाट उत्कृष्ट ७०० पर्न सफल भई मेडलसमेत प्राप्त गर्न सफल भएका थिए ।

स्वास्थ्य नै जीवन हो र मानिस स्वस्थ रहनका लागि दौडनुपर्छ भन्ने सन्देशका लागि नेपालका तर्फबाट खेलकुद विधा अँगालेर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्याएकाले सेलिब्रेटी समाज नेपालले उनलाई ‘सेलिब्रेटी सम्मान २०७५’ प्रदान गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.