पार्कर दिनेश सुनारले तेस्रोपटक बिश्व रेकर्ड राख्दै


सेलिब्रेटी नेपाल

काठमाडौँ: पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ का लागि आफ्नो नाम लेखाउने भएका छन् । सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रोपटक (ह्याट्रिक) वर्ल्ड रेकर्ड राख्ने तयारी गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

जिम्यास्टिक हुँदै पार्करसम्म आइपुगेका खेलाडी सुनारले यसअघि पार्कर खेलबाट दुईपटक ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाई सकेका छन । “एक ठाउँबाट अर्को ठाउँसम्म बीचमा आउने अवरोध हटाउँदै छोटो समयमा साधारण मानिसभन्दा फरक तरिकाले पुग्नु नै पार्कर हो”, खेलाडी सुनारले भने । खोटाङ जिल्लामा जन्मिएका सुनार पार्कर खेलको विकासका लागि पनि निरन्तर लागि रहेका छन । वर्ल्ड रेकर्डका लागि ‘मस्ट ट्विस्टिङ्ग ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधाको रेकर्ड गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खेलाडी सुनारलाई नेपालको झण्डा ओढाएर बधाई तथा शुभकामना दिए ।

सात वर्षदेखि नेपाल सशस्त्र प्रहरी बल खेलकुद शाखामा जिम्न्यास्टिक खेलाडीको रुपमा कार्यरत उनी आफ्नो नशा–नशामा पार्कर रहेको बताउँछन् ।
सशस्त्रबाटै राष्ट्रियस्तरको जिम्न्यास्टिक खेलेका उनले स्वर्ण पदकपनि पाईसकेका छन् । । उनले आफूले सन् २०१७ मा एक मिनेटको समय सिमाभित्र ३६० डिग्रीको रोटेसनमा १८ पटक ‘द मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स वाल इन’ गरेर पहिलो र २०१८ मा ३० सेकेन्डमा १६ पटक ‘ब्याक फ्ल्पि’ गरेर अर्काे रेकर्ड राख्न सफल भएको जानकारी दिए ।

नेपालमा पार्कर खेललाई स्थापित गर्नको लागि केही गरौं भन्ने उद्देश्यका साथ अमेरिकामा दुई महिनाको तालिम गरेर अनुमतिपत्र समेत पाउँदा आफुले त्यहाँ सिकाउने अवसर नपाएको उनले दुःखेसो पोखे । गत जनवरीमा मात्र अमेरिकामा भएको पार्कर प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दे त्यहाँ पुगेका उनी बिभिन्न देशका ८० प्रतियोगिमध्ये ८ औ स्थानमा पुग्न सफल भएका थिए । ‘पार्कर फ्री रनिङ’ दिनेशको नामले परिचित उनले पार्कर बिद्यामानै रहेर विश्वमा सबैभन्दा बढि रेकर्ड बनाई आफ्नो देशको नाम बिश्वसामु चिनाउने आफ्नो लक्ष्य रहेको सुनाए ।डि.आर.एन ईलोक्ट्रोनिक्स ब्रान्ड कम्पनीले प्रायोजन गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.