टर्कीमा छायांकन गरिएको ‘कप्स’ को गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘कप्स’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको टर्कीका विभिन्न रमणीय स्थानहरुमा खिचिएको ‘तिमी र म’ बोलको गीत सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमाअभिनेता अनुपविक्रम शाही र डेव्यु अभिनेत्री सन्दिपा लिम्बुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक गीतमा संगीतकार तथा गायक विजय घिमिरेको शब्द, संगीत र स्वर रहेको छ भने उनलाई फिमेल आवाजमा नितु घिमिरेले साथ दिएकी छन् । शिशिर खातीको कोरियोग्राफी रहेको छ । सम्राट सापकोटाले निर्देशन गरेको चल्च्जित्र ‘कप्स’ मा अनुपविक्रम र संन्दीपाका अलवा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् । ‘कप्स’ ले पोलिटिक्स, प्रहरी, पत्रकार र जनताको कथा उठान गरेको निर्देशक सापकोटा बताउछन् । एक्सन र लभस्टोरी जनरामा बनेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत, अष्ट महर्जनको द्वन्द्व, विपिन मल्लको सम्पादन रहेको छ । चलचित्र आगामी बैशाख २७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।