गायिका सिर्जना कार्कीको मारुनी गीत सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका सिर्जना कार्कीको ‘कान्छा’ बोलको मारुनी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा संगीत पनि गायिका स्वयम्को रहेको छ । कार्कीले वैदेशिक रोजगारमा गएका मायालुको सम्झनामा आधारित भएर गीत तथा म्यूजिक भिडियो तयार गरेकी छन् ।

यस अघी ‘धेरै धेरै’ ‘मनको राजा’ ‘माया’ तथा ‘रोजेको मैले’ लगायत गीत उनले सार्वजनिक गरेकी थिइन् । अर्पण कार्की तथा गायिका स्वयम्को शब्द रहेको गीतको म्युजिक भिडियोमा अजिता खड्काको साथमा साधना कला केन्द्र समूहको नृत्य तथा सिर्जना कार्की, बिप्लभ खड्का, कुमारी दाहाल र बाल कलाकार सौर्य बिक्रम थापाको अभिनय रहेको छ । सार्बजनिक भिडियोमा राम कुमार केसीको छायांकन, सुशील न्यौपानेको सम्पादन अजिता खड्काको कोरियोग्राफी र अर्पण कार्कीको निर्देशन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.