‘समर लभ’ प्रदर्शन आरम्भ संगै बिसेष शो सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ: मुस्कान ढकाल निर्देशित चलचित्र ‘समर लभ’ शुक्रबार बाट सार्बजनिक प्रदर्शनमा आएको छ प्रदर्शनमा आए संगै निर्माण टिमले बिसेष शो को पनि आयोजना गरेको थियो बिसेष शो मा चलचित्रका टिम लगाएत संचारकर्मीले चलचित्र हेरेका थिए उपन्यास ‘समर लभ’ माथि बनेको चलचित्र हेरेर संचार कर्मीले मिश्रित प्रतिक्रिया दिएका छन् चलचित्र हेरेपछि सायाको भूमिका निभाएकी रेवती क्षेत्री खुसी मुद्रामा देखिइन् । उनले चलचित्रबाट आफू सन्तुष्ट रहेको बताइन् । अतितको भूमिकामा रहेका आशिषले भने ३ वर्षको मेहनतले रंग ल्याएको देखेर खुसी रहेको बताए । किरणको भूमिकामा रहेका कलाकार शिशिर भण्डारीले चलचित्र आफूले सोचेको भन्दा धेरै राम्रो पाएको भन्दै खुसी व्यक्त गरे ।

चलचित्रमा अतितको भुमिकामा आशिष पिया रहँदा सायाको भुमिकामा रेवती क्षेत्री र सुस्मिताको भुमिकामा नम्रता सापकोटा छन् भने न्यारेटर (लेखक)को भुमिकामा सुरजसिंह ठकुरी छन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेको चलचित्रमा विनोद अधिकारी कार्यकारी निर्माता र एकराज तामाङ लाइन प्रोड्यूसरमा छन् । पुष्पन प्रधानको संगीत, अर्जुन जिसीको सम्पादन, सञ्जय लामाको छायाँकन रहेको चलचित्रमा आशिष पिया,रेवती क्षेत्री,नम्रता सापकोटा, सरोज खनाल, शिशिर भण्डारी, ओम प्रतिक लगायतको मुख्य अभिनय रहेको छ । ‘समर लभ’को स्कृनप्ले सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवादमा सामिप्यसँग सुबिनले सहकार्य गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.