‘चौका दाउ’को फस्ट लुक पोष्टर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘चौका दाउ’को फस्ट लुक पोष्टर सार्बजनिक गरिएको छ । चलचित्रको ट्रेलर एक साता अघि मात्र सार्बजनिक गरिएको थियो । चलचित्रलाइ मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेका हुन् । ‘चौका दाउ’ लाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् ।

कमेडी जनराको चलचित्रमा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारीलगायतको अभिनय रहेको छ । सार्बजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारहरुलाई उनीहरुको चरित्रमा उतारिएको छ । चलचित्रका परिकल्पनाकार एवम् बरिष्ट संगीतकार शम्भुजीत बासकोटा हुन् । साँढे चार दशकदेखि आफु चलचित्र एवम् संगीत क्षेत्रमा रहेको र यसलाई निरन्तरता दिन ‘चौका दाउ’ निर्माण गरेको उनले बताएका छन् । चलचित्रमा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ ।

अभिमन्यु निरवीको पटकथा सम्बाद रहेको यो चलचित्रको छायाँकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्धन्द्ध निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी छन् । यसको निर्माण ब्यबस्थापनमा सुवास काफ्ले रहेका छन् । सौर्य प्रोडक्सनको व्यानरमा निर्मित चलचित्र यही पुष २७ गतेबाट प्रदर्शनमा आउने छ।