सामाजीक कथामा बन्ने ‘कोपिला’ मुहुर्त सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ : सामाजीक कथा बस्तु बोकेको चलचित्र ‘कोपिला’ को शुभ मुहुर्त गरिएको छ । शिवम अधिकारीको लेखन तथा निर्देशनमा बन्ने चलचित्रको आइतबार चितवनको हाकिमचोकमा रहेको मालिका मन्दिरमा मुहुर्त गरिएको हो । मुहुर्त कार्यक्रममा उद्धयोग वाणिज्य संघ चितवनका अध्यक्ष सहोनलाल प्रधान प्रमुख अतिथी रहेका थिए । शुभ मुहुर्त सर्टको वरिष्ठ चलचित्र कर्मी ऋद्दीचरण श्रेष्ठले निर्देशन गरेका थिए भने उद्धयोग वाणिज्य संघ चितवनका अध्यक्ष प्रधानले क्ल्याप ठोके । कार्यक्रममा चलचित्रका कलाकारहरु सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलले मुहुर्त सट दिएका थिए ।

निर्देशक तथा लेखक शिवम अधिकारीले ‘कोपिला’ हाम्रै गाउँ समाजमा घट्ने घट्नामा आधारित चलचित्र रहेको बताए । चलचित्रका प्रस्तुतकर्ता गणेश गिरीले यस अघी निर्माण गरेको ‘पञ्चायत’ जस्तै ‘कोपिला’ पनि सामाजिक कथा बस्तुमा आधिरित रहेको बताए ।

गणेश गिरिको प्रस्तुती रहेको ‘कोपीला’ मा चलचित्र पत्रकार मणिराज गौतम र चितवनका युवा व्यवसायी करुणकर घिमिरेको लगानी रहेको छ भने सुबास काफ्ले कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा समिर मिया,रामेश्वर कार्की सह निर्माताको रुपमा रहेका छन । चलचित्रमा सरिता गिरी, गणेश गिरी, सन्जीवनी खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, प्रकृति खरेल, राखी क्षेत्री लगायतको अभिनय रहने बताईएको छ । चलचित्रमा रामेश्वर कार्कीको छाँयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहने छ ।